कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबार पनि प्रशासन खुल्ने

कान्तिपुर संवाददाता

दाङ — जिल्ला प्रशासन कार्यालयले भदौ २ गतेदेखि शनिबार पनि सेवा दिने जनाएको छ । शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने तयारी छ ।

शनिबार पनि प्रशासन खुल्ने

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले शनिबार सेवा सुरु हुन थालेको बारे सार्वजनिक सूचनामार्फत सबै नागरिकलाई जानकारी गराइसकेको बताए । ‘अरू दिन मानिसहरू आआफ्नो पेसा, व्यवसायमा व्यस्त हुन्छन् । शनिबार आफ्नो बिदाको दिन प्रशासनबाट लिने सेवा सहजै प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘यसले प्रशासनको सेवा लिन अरू दिन बिदा बस्नैपर्ने झन्झटबाट मुक्ति दिनेछ ।’


दुई महिनासम्म परीक्षण गर्ने र सेवाग्राही बढदै गए सेवाले निरन्तरता पाउने जिल्ला प्रशासनले जनाएको छ । कार्यालय खुल्ने तर सेवाग्राही नआउने स्थिति भएमा सेवा बन्द गरिनेछ । कर्मचारीलाई आलोपालो खटाइने र यसबापत कुनै अतिरिक्त पारिश्रमिक पनि दिइने छैन ।


प्रकाशित : श्रावण ३१, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?