कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२६ बुँदे माग राख्दै शिक्षकहरु आन्दोलित

दुर्गालाल केसी

दाङ — नेपाल शिक्षक महासंघको आव्हानमा आइतबार देखि बिभिन्न माग राखेर मुलुकभरका शिक्षकहरु आन्दोलित भएका छन् । दाङमा शिक्षकले आइतबार बिद्यालयको गेटमा टर्च लाइट झुण्ड्याउनुका साथै कालो फित्ता बाँधेर शिक्षण गरिरहेका छन् । 

२६ बुँदे माग राख्दै शिक्षकहरु आन्दोलित

अस्थायी शिक्षकको अबिलम्ब परीक्षा गरिनुपर्ने, स्थानीय तहको मनपरी नीति नियम निर्माण रोकिनुपर्ने, स्थानीय तहले गरिरहेको जथाभावी शिक्षक नियुक्ति, सरुवा र बर्खास्ती रोक्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको ब्यवस्था गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने, शिक्षक र कर्मचारीको समय सापेक्ष तलब बृद्धि गर्नुपर्ने, महिला शिक्षकको प्रसुति बिदा ६ महिना हुनुपर्ने र उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गरिनुपर्ने लगायतका २६ बुँदे माग राखी शिक्षकहरु आन्दोलित भएका हुन् ।

प्रकाशित : भाद्र ३, २०७५ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?