कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ ।

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर आइतबार एक कायक्रमकाबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।


मुख्य मन्त्री पोखरेलले नेपालमा नै पहिलो पटक ५ नम्बर प्रदेशबाट अभियान सुरु भएकाले प्रदेशलाई पनि बालमैत्री बनाउनेतर्फ कार्ययोजना अगाडि बढाउने बताए ।


नगरभित्र १ सय ६० वटा बालक्लब , १३ वटा नगरस्तरीय बाल सञ्जाल र बालबालिकाका लागि बालबालिका स्वयंसेविकाको व्यवस्था गरिएको छ ।


बालमैत्री स्थानीय शासनको नमुना नगरको रुपमा विकास भएको नगरपालिकाले राष्ट्रियस्तरको २७ , संस्थागततर्फ १२ वटा र आफ्नै तीन वटा मौलिक सूचक तय गरेर ४२ वटा सूचक पार गरेको नगर प्रमुख भिम बहादुर थापाले बताए ।


स्थानीय निकाय हुँदा पनि २०७२ सालमा नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो ।


संघीयतामा मुलुक प्रवेश गरेपछि नगरमा गाभिएका थप तीन वटा वडामा बालमैत्री नीति , संरचना र बालसहभागिता सुनिश्चित गरेपछि संघियता पछिको पहिलो नगर घोषणा भएको हो ।

प्रकाशित : भाद्र ३, २०७५ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?