ढल निकास नहुँदा राजमार्ग जलमग्न  

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्गको मुख्य बजारमा ढल निकासको ब्यवस्था नहुँदा वर्षात्‌मा राजमार्ग जलाम्मे हुने गरेको छ । राजमार्ग पानीले भरिदाँ दुर्घटनाको जोखिम बढेको छ भने यात्रुुले सास्ती भोग्नु परेको छ ।

३० वर्षयता हरेक वर्षात्मा राजमार्ग जलाम्य हुँदा समेत सडक कार्यालय बेखबर छ ।राजमार्गको कावासोती, गैंडाकोट, अरुणखोला, दुम्किबासमा यस्तोसमस्या बढी छ । राजमार्गभरी पानी बग्दा ओहोरदोहोर गर्ने गाडिले २ पांग्रे र पैदल यात्रुलाई छ्याप्दा बिजोग हुने गरेको छ । ब्यस्त राजमार्गमा हुइकिने गाडिले छेउछाउका पसलेले समेत छयापिएर सास्ती भोग्दै आएका छन् ।

Yamaha

वर्षात्‌मा राजमार्गका खाल्डाखुल्डी पुुर्न हतारिने सडक विभागले राजमार्गमै खोलो बग्दा समेत बेवास्ता गर्दै आएको छ ।मुख्य बजारको चोकचोकमा पानी भरिएर जलाम्य छ । राजमार्ग किनारमा पानी निकासकालागि ढल बनाउनु पर्नेमा सडक कार्यालयको ध्यान पुगेको छैन ।

नगरपालिका र सडक डिभिजन कार्यालयले एक अर्काको कार्यक्षेत्र भन्दै पन्छिने गरेकाले समस्या सधै उस्तै रहेको हो । सडक डिभिजन र नगरपालिकाले जिम्मेवारीबाट उम्कन एक अर्कालाई दोष दिने गरेका छन् ।


कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेती सडक बनाउँदै ढल निकासको ब्यवस्था गर्नु पर्नेमा सडक कार्यालयको लापरवाहीले यस्तो बिजोग भएको दाबी गर्छन् । उनले नगरपालिका भइसकेपछि अब बजेट बिनियोजन गरेर सडकमा पानी नबग्ने बनाउने बताए । ‘सडकले गरिदेला भनेर कुुर्दाकुुर्दै यहाँ समस्या देखियो । अब बजेट बिनियोजन गरेर अर्को बर्खा अगावै त्यसको ब्यबस्थापन गरिन्छ ।’

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पुनर्निर्मित कृष्ण मन्दिर सर्वसाधारणलाई खुला !

शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

काठमाडौँ — पुनर्निर्माण सम्पन्न भएपछि युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर शुक्रबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साँझको ४ बजे मन्दिरभित्र गईविधिवत् रुपमा पूजाआजा गरे । अधिकारीले कृष्ण मन्दिरबाटै त्यहाँस्थित पुरातात्विक सम्पदाहरुको अवलोकन गरे भनेअन्य मठमन्दिर समेत घुमे ।

मन्दिरमा आयोजित पूजा कार्यक्रममा मन्त्री अधिकारीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल लगायत सहभागी थिए ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले कृष्ण मन्दिर पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । मन्दिर क्षतिग्रस्त बनेपछिको झण्डै २ वर्षपश्चात् पुनर्निर्माणको काम थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा काठमान्डु भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी) ले लिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि मन्दिरको वरिपरि लगाइएको जाली (बार) झिकिएको छ । योसँगै त्यहाँ वरपर रहेका अन्य मन्दिरहरुको पुनर्निर्माण पनि धमाधम भइरहेको र अन्तिम अन्तिम चरणतर्फ आइपुगेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले जनाएको छ ।

मन्दिर पुनर्निर्माण भइसकेको शुभसाइत जुराएर सोमबारबाट सुरु हुने गाईजात्राको शुभारम्भ ललितपुरको हकमा यही कृष्ण मन्दिरबाट बिहान ९ बजेदेखि सुरु गर्ने आयोजक श्रीकृष्ण गुठी मंगलबजारले सूचना समेत जारी गरेको छ ।

पाटन दरबार क्षेत्रमा अवस्थित यो मन्दिर १७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको इतिहास छ । शिखर शैलीमा निर्माण गरिएको यस मन्दिरलाई मुलुककै सबैभन्दा ठूलो कृष्ण मन्दिरको रुपमा चिन्ने गरिन्छ । २१ वटा गजुर भएको यो मन्दिर ढुङ्गैढुङ्गाबाट बनाइएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ ११:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT