नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्गको मुख्य बजारमा ढल निकासको ब्यवस्था नहुँदा वर्षात्मा राजमार्ग जलाम्मे हुने गरेको छ । राजमार्ग पानीले भरिदाँ दुर्घटनाको जोखिम बढेको छ भने यात्रुुले सास्ती भोग्नु परेको छ ।
३० वर्षयता हरेक वर्षात्मा राजमार्ग जलाम्य हुँदा समेत सडक कार्यालय बेखबर छ ।राजमार्गको कावासोती, गैंडाकोट, अरुणखोला, दुम्किबासमा यस्तोसमस्या बढी छ । राजमार्गभरी पानी बग्दा ओहोरदोहोर गर्ने गाडिले २ पांग्रे र पैदल यात्रुलाई छ्याप्दा बिजोग हुने गरेको छ । ब्यस्त राजमार्गमा हुइकिने गाडिले छेउछाउका पसलेले समेत छयापिएर सास्ती भोग्दै आएका छन् ।
वर्षात्मा राजमार्गका खाल्डाखुल्डी पुुर्न हतारिने सडक विभागले राजमार्गमै खोलो बग्दा समेत बेवास्ता गर्दै आएको छ ।मुख्य बजारको चोकचोकमा पानी भरिएर जलाम्य छ । राजमार्ग किनारमा पानी निकासकालागि ढल बनाउनु पर्नेमा सडक कार्यालयको ध्यान पुगेको छैन ।
नगरपालिका र सडक डिभिजन कार्यालयले एक अर्काको कार्यक्षेत्र भन्दै पन्छिने गरेकाले समस्या सधै उस्तै रहेको हो । सडक डिभिजन र नगरपालिकाले जिम्मेवारीबाट उम्कन एक अर्कालाई दोष दिने गरेका छन् ।
कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेती सडक बनाउँदै ढल निकासको ब्यवस्था गर्नु पर्नेमा सडक कार्यालयको लापरवाहीले यस्तो बिजोग भएको दाबी गर्छन् । उनले नगरपालिका भइसकेपछि अब बजेट बिनियोजन गरेर सडकमा पानी नबग्ने बनाउने बताए । ‘सडकले गरिदेला भनेर कुुर्दाकुुर्दै यहाँ समस्या देखियो । अब बजेट बिनियोजन गरेर अर्को बर्खा अगावै त्यसको ब्यबस्थापन गरिन्छ ।’ प्रकाशित : भाद्र ९, २०७५ १२:११
नवलपरासी — मध्य राति माछा मार्न ढडिया थापेर घर फर्किदै गरेका एक स्थानीयको खोलाले बगाएर ज्यान गएको छ ।
कावासोती नगरपालिका–१४ हेगौलीका ५० वर्षीय मालसिंह महतोको केरुङ्गे खोलाले बगाएर शुक्रबार राति १ बजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुुरका अनुसार खोलामा माछा मार्ने ढढिया (एक प्रकारको जाल) राखेर फर्किदै गर्दा उनलाई बगाएको हो । राति अबेरसम्म घर नआएपछि खोज्न जाँदा उनको शव खोला किनारमा भेटिएको हो ।