कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या आरोपी पक्राउ

अर्घाखाँची — कपिलवस्तु वाणगंगा नगरपालिका ७ धैरेनीडाँडाका धनबहादुर घर्तीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पूर्वी रुकुम बाँधिकोट गाउँपालिका १ का रमेश विकलाई शनिबार सल्यानबाट पक्राउ गरेको छ । विकमाथि घर्तीकी श्रीमती राधासँग मिलेर हत्या गरेको आरोप छ ।

हत्या आरोपी पक्राउ

विक र राधाबीच फेसबुकमार्फत दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो । गत भदौ १० गते साउदी अरबबाट नेपाल आएका विक तीन दिन राधाको घरमा बसेका थिए । राधा, उनकी आमा वसुन्धरा र विक अर्घाखाँची डिभर्ना बस्याल टोलमा आएका थिए । बस्याल टोल राधाको माइती हो ।

कामका सिलसिलामा एक महिनाका लागि बागलुङ हिँडेका धनबहादुर तीन दिनपछि घर फर्किंदा श्रीमती माइत गएकी थिइन् । धनबहादुरले घर फर्कन गरेको आग्रह राधाले नमानेपछि उनी त्यसै दिन ससुराली गए । मध्यरातमा श्रीमतीलाई अपरिचित व्यक्तिसँग देखेपछि कुटाकुट भयो ।

त्यस क्रममा धनबहादुरको घटनास्थलमै ज्यान गएपछि विकले बोरामा बाँधेर घर पल्तिरको खोल्सामा फ्याँकेको प्रहरीले जनाएको छ । अर्काे दिन राधा र विक कपिलवस्तु हिँडेका थिए । घाँस काट्ने महिलाले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

सोधखोज गर्दा राधाले झगडा भएपछि कुटाकुट गर्दा श्रीमान्को मृत्यु भएको र विकले खोल्सामा लगेर फालेको स्वीकारेकी थिइन् । घटनापछि फरार विकलाई शनिबार सल्यान र रुकुम प्रहरीको सहयोगमा पक्राउ गरेपछि आइतबार अर्घाखाँची ल्याइएको छ । प्रहरीले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी विकलाई सार्वजनिक गरेको हो ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?