कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा सशस्त्रको फोर्स मार्चपास 

ठाकुरसिंह थारु

नेपालगन्ज — सशस्त्र प्रहरी बलले नेपाल—भारत सीमामा फोर्स मार्चपास सुरु गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीको एक बटालियनले बुधबारदेखि एक सातासम्म सीमामा मार्चपास गर्नेछ । 

सीमामा सशस्त्रको फोर्स मार्चपास 

सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर ३० ले बाँके मातहातका बटालियनले ६५ किलोमिटर खुला सीमामा मार्चपास गर्नेछ ।


सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर ३० का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहका अनुसार सीमामा हुने अपराधलाई नियन्त्रण, सीमा सुरक्षा गर्न फोर्स मार्चपास सुरु गरिएको हो ।


नेपाल—भारत खुला सीमाका कारण अपराधिक घटना हुन सक्ने भन्दै सीमामा सशस्त्र प्रहरी परिचालन हुँदै आएका छन् । त्यस्तै भारतले सीमा सुरक्षाका लागि भन्दै भारतीय सीमा बल (एसएसबी) परिचालन गरेको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?