कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत आयोजना पुरियो 

हरि गौतम

रुकुमपूर्व — यहाँको एक लघु जलविद्युत आयोजना पहिरोले पुरेको छ । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह माथिबाट खसेको पहिरोले पुरिएको हो ।

विद्युत आयोजना पुरियो 

मंगलबार बिहान माथिबाट आएको पहिरोले आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी स्थानीय २० वर्षीया जेनुका गौतम घाइते भएकी छन् ।


घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको वडा अध्यक्ष खर्कसिङ थापाले बताए । पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले बताए ।

पहिरो झरे लगत्तै वडाअध्यक्ष थापासहित स्थानीय विद्युत आयोजनाको मुख्य मेशिन जोगाउने प्रयासमा लागेका छन् । पहिरोमा पुरिएको मेशिन जोगाउने प्रयास भइरहेको थापाले जानकारी दिए ।


४ वर्षअघि निर्माण गरिएको उक्त आयोजनाबाट ९ सय बढी उपभोक्ता लाभान्वित छन् । ९० किलो वाट उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट रुकुमपूर्व सिस्ने गाउँपालिकाका ७ र ८ वडा तथा रुकुम पश्चिम मुसीकोट नगरपालिकाको १ नम्वर वडाको छिङ वस्तीमा बत्ति बलेको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?