कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरार अभियोगी ११ वर्षपछि पक्राउ

कमल पन्थी

बर्दिया — श्रीमती मारेको अभियोगमा जिल्ला अदालतले दोषी ठहर्‍याएका फरार अभियोगी ११ वर्षपछि पक्राउ परेका छन् । बाँसगढी नगरपालिका (साविक मोतीपुर गाविस ४) का राजाराम थारुलाई सुराकीको आधारमा प्रहरीले बिहीबार घरैबाट पक्राउ गरी जिल्ला अदालत पेस गरेको छ ।

फरार अभियोगी ११ वर्षपछि पक्राउ

थारुलाई बिहीबार नै कारागार चलान गरिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली जानकारी दिए ।


श्रीमती खेमपति थारुको हत्या गरेको भन्दै राजारामलाई २०६४ असार १० गते अदालतले दोषी ठहर्‍याउँदै १९ वर्ष ११ महिना ८ दिन सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि थारु फरार थिए ।


यसैबीच बढैयाताल गाउँपालिका ६ स्थित सुभा झाको रितु कटेजबाट ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको छ । भे ४ प ९८९ नम्बरको मोटरसाइकलसहित बढैयाताल गापा २ सीतापुरका २७ वर्षीय सरोज क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।


केही दिनअघि बर्दियाका प्रमुख जिल्ला अधिकारीले जिल्लालाई लागूऔषधमुक्त जिल्ला गरेको थियो ।

प्रकाशित : कार्तिक १, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?