कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रड प्रहार गरी हत्या

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा एक युवकको हत्या भएको छ । एकजना गम्भीर घाईते भएका छन् । कुटपिटबाट पाल्हिनन्दन गाउँपालिका सुनरी बस्ने ३६ वर्षका गणेश मल्लाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रड प्रहार गरी हत्या

घटनामा स्थानीय नवर्देश्वर चौहान घाइते छन् । प्रहरीका अनुसार टाउकोमा फलामको रड प्रहारबाट मल्लाहाबको मृत्यु भएको डिएसपी मोहन बहादुर खाँडले बताए । घाइते चौहानको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। तरकारी व्यवसायी रहेका दुई पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरुको खोजीकार्य जारी छ ।


यसरी भयो घटना

सोमबार राति १० बजे सरावल गाउँपालिका-६ बडहरा दुबौलियामा रहेको धान खेती हेरेर मल्लाहा र चौहान घर फर्किदै थिए । दुवैजना खेत गएको मौका छोप्दै साथीहरुले प्रतापपुर गाउँपालिका-४ बर्दघाट पुलमा भेटन बोलाए ।


आक्रमण गर्ने समूहले बर्दघाट पुलमा बोलाएर मल्लाहा र चौहानलाई पछाडिबाट टाउकोमा रडले प्रहार गरी आक्रमणा गरे । टाउकोमा रडले हानेपछि बेहोस भएका दुवैलाई मृत्यु भएको भन्दै पुलको दक्षिणतर्फ फालेर आक्रमणकारी राति नै फरार भए ।


राती ११ बजे चौहानलाई होस आएपछि उनी भाग्दै घर आएर सबै घटनाबारे प्रहरी र स्थानीयलाई सुनाएपछि घटना बाहिर आएको हो ।


चौहान र मल्लाहा माथि आक्रमण गर्ने समूह आलु व्यवसायी सहपाठी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?