१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

दुई दुर्घटनामा १० जना घाइते

दुर्गालाल केसी

दाङ — दुई छुट्टाछुट्टै दुर्घटनामा १० जना घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना ७ ख ६४८३ नम्बरको मिनिबस सोमबार तुलसीपुर उपमहानगरपालिका १८ मा पल्टिदा ८ जना घाइते भएका छन् ।

अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस पल्टेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको बाँकेको मेडिकल कलेज कोहलपुरमा र ६ जनाको राप्ती लाइफ केयर सेन्टर तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।


यसैगरी भालुबाङबाट प्यूठानतर्फ जाँदै गरेको रा१प ८८७६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको नम्बर नखुलेको पिकअप जिपले राप्ती गाउँपालिका २ भालुबाङमा ठक्कर दिँदा मोटरसाइकल चालक प्यूठान नगरपालिका–२ विजयनगरका २४ वर्षीय ललितजंग बिष्ट र पछाडि बसेका प्यूठान–३ चितिखोलाका २२ वर्षीय करण बिष्ट घाइते भएका छन् ।


उपचारका क्रममा मोटरसाइकल चालक बिष्टको शरिर खानतलासी गर्दा उनको साथबाट ३० ट्याव्लेट नाइटजेपाम नामक लागूऔषध फेला परेपछि दुवै जनालाई इलाका प्रहरी भालुबाङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : पुस ३, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?