कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

रुकुम मासुमा आत्मनिर्भर

हरि गौतम

रुकुम (पश्चिम) — रुकुम मासुमा आत्मनिर्भर हुँदै चार वर्षदेखि जाजरकोट, डोल्पा, दाङ, नेपालगन्ज र काठमाडौंसम्म पुग्ने गरेको छ ।

रुकुम मासुमा आत्मनिर्भर

जिल्ला पशुसेवा कार्यालयका अनुसार चालु वर्षको आठ महिनामा तीन हजार आठ सय ४७ मेट्रिक टन मासु जिल्लामा उत्पादन भएको छ ।

चार हजार पाँच सय खसी बोका र एक हजार छ सय ४९ बंगुर मासुकै लागि जिल्लाबाहिर पठाइएको छ । आर्थिक वर्ष सकिन अझै पूरा ४ महिना बाँकी रहेकाले थप खसी, बोका र बंगुर जिल्लाबाहिर जाने अनुमान कार्यालयको छ । जिल्लामा मासु पुगेर बढी भएका खसी, बोका तथा बंगुर बाहिरी जिल्ला ‘सप्लाई’ गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख कृष्ण कार्कीले बताए । पछिल्लो समय जिल्लामा मासुका लागि आवश्यक वस्तुको उत्पादन राम्रो भैरहेकाले मासु र मासुका लागि आवश्यक वस्तु जिल्ला बाहिर सप्लाई भैरहेको उनको भनाइ छ ।

मासुका लागि पालिन वस्तुको आहारा, प्रजनन, घर तथा गोठमा सुधार भएका कारण जिल्ला मासुमा आत्म निर्भर मात्रै नभएर मासु निर्यात गर्ने भएको जिल्ला पशु सेवा कार्यालयले बताएको छ । ‘मासुका लागि पालिन वस्तुभाउको पालन व्यावसायिक बन्नु, वस्तुभाउमा लगानीका साथै मिहिनेत गर्नुले पनि जिल्लाले मासुका लागि आवश्यक वस्तुभाउ बाहिर पठाउन सकेको हो,’ प्रमुख कार्कीले भने, ‘वस्तुभाउ पाल्नेहरू अब व्यवसायकी योजनाका साथ लागेका छन् र आफू पनि सफल भएका छन् मासु पनि पर्याप्त भएको छ ।’

राँगा, भैंसी, खसी, बोका, कुखुरा, बंगुर र भेडाको मासु उत्पादन हुने गर्दछ । विशेष गरी मासुमा राँगा र भैंसीको योगदा उल्लेख्य छ । जम्मा प्रतिशतको ५० दशमलव ८८ प्रतिशत मासु राँगा र भैंसीबाट उत्पादन भैरहेको छ । त्यसैगरी खसी, बोकाको २९ दशमलव १४ प्रतिशत, कुखुराका ११ दशमलव ७२ प्रतिशत, बंगुरको ६ दशमलव ९० र भेडाले कुल मासुमा १ दशमलव ३६ प्रतिशत योगदान गरिरहेको छ ।

मासु खाने एउटा व्यक्तिले एक वर्षमा १४ किलो मासु खानुपर्ने राष्ट्रिय मापदण्ड हो । तर जिल्लाको हकमा भने एउटा व्यक्तिले एक वर्षमा १८ किलोभन्दा बढी मासु खाइरहेको जिल्ला पशु सेवा कार्यालयको दाबी छ । विशेषगरी रुकुम पूर्वमा धेरै मासु खाने चलन भएकाले जिल्ला धेरै मासु खानेमध्येमा पर्ने गरेको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक सहायक ज्ञानु शर्मा गौतमले बताए । चार वर्षदेखि मासुजन्य वस्तुभाउ जिल्लाबाहिर पठाउन थालिएको भए पनि पछिल्लो तीन वर्षमा मासुजन्य वस्ुतभाउको उत्पादन गुणस्तरीय भएकाले नै त्यसको निर्यात पनि बढ्दै गएको उनको भनाइ छ ।

कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत जिल्ला पशु सेवा कार्यालयले धेरै मासुजन्य उत्पादन बढाउन धेरै काम गरेको शर्माले बताए ।

मासुजन्य वस्तुभाउ उत्पादनमा विशेषगरी बाखाको आहारा, खोर सुधारदेखि उन्नत बाख्रा उत्पादनका लागि पनि आयोजनाले सहयोग गरेको उनको भनाइ छ । दुवै जिल्लामा गरेर ४७ वटा मासु पसल सञ्चालनमा छन् । एउटा मात्रै राँगा र भैंसी वध गर्ने वधस्थल छ ।

प्रकाशित : चैत्र ६, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?