३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

१३ वर्षीया बालिका बलात्कृत 

भीमबहादुर सिंह

जाजरकोट — यहाँको जुनीचाँदे गाउँपालिका-२, छहरे खोलास्थित घट्टमा गहुँ पिस्न गएकी १३ बालिका बलात्कृत भएकी छन् । स्थानीय २७ वर्षीय इन्द्रबहादुर गिरीमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ ।

१३ वर्षीया बालिका बलात्कृत 

मध्यराति १२ बजे घट्टभित्र एक्लै रहेकी बालिकाको मुखमा टोपीको बुझो लगाएर गिरीले जबर्जस्ती करणी गरेको उजुरी परेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुऱ्याइएको छ ।


बलात्कार आरोपी गिरीलाई नियन्त्रणमा लिएर उनीविरुद्ध जबर्जस्तीकरणीको मुद्दा दर्ता भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहको प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रकाशित : चैत्र १८, २०७४ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?