कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक तान्दै काठेपुल

एलपी देवकोटा

जुम्ला — मोटरसाइकलमा रारा घुम्न जान लागेका काठमाण्डौका प्रकाश श्रेष्ठ सिंजाको चिउडी पुगेपछि उनले मोटरसाइकल रोके ।

पर्यटक तान्दै काठेपुल

उनको आफ्नो अघि अनौठो काठको पुल देखेपछि उनि पुलमा पुगेर सेल्सी खिच्न थाले । उनि मात्रै नभइ सिंजाको बाटो हिड्न अधिकाशं आन्तरिक तथा वाह्य पर्यटकहरू काठको पुल अघि उम्भिएर फोटो खिच्ने गरेका छन् ।

जुम्ला हिमा गाउंपालिका–४ चिउडीमा रहेको काठेपुल अहिले पर्यटककोहरूको आकर्षणको केन्द्रविन्दु वनेको छ । जुम्ला सदरमुकाम खलंगा पुग्नका लागि साविकको महावैपातरखोला देखि रारालिही सम्म गाउं जोड्नका लागि यो पुल स्थानीय आफैले वनाएका थिए । तर यो पुलमा मानिसहरू ओरदोर गर्ने भन्दा पनि पर्यटकहरू भित्राउने माध्यम वनेको स्थानीयहरू वताउन्छन् ।

२०५७ सालमा स्थानीय समुदायले यो काठे पुल वनाएका हुन् । गाउंमा पुल वनिसकेपछि पुलमा आकर्षक चित्र वनाउने विचार गरेर चिउडी गाउंका ५३ वर्षय कालिबहादुर तिरुवाले पुलमा मुर्तिहरू वनाएका हुन् । ‘तत्कालीन राजा विरेन्द्र रानी ऐश्वर्या शाह लगायत उनको सरक्षामा खटिने सुरक्षाकर्मी र मन्दिरको मुर्ति पुलमा वनाएको थिए’ उनले भने, गत वर्ष मन्दिर चोरी भएपछि पुन: त्यही काठको ठुटोमा मन्दिर वनाए’ ।

३० किलोमिटर टाढाको जंगलबाट गाउलले पुलको लागि काठ ल्याएका हुन् । काठे पुलको खामाको टुप्पोमा चित्र मुर्तिहरू वनाइएको छ । पुलमा वनाइएको मन्दिर चोरी भएपछि पुन : गत वर्ष उनले मन्दिरको मुर्ति वनाएका थिए । जुम्लाका अघिकाशं गाउंमा रहेका काठेपुलहरू अहिले जिर्ण वन्दै गएका छन् । झोलुङ्गे पुलले काठेपुललाई विस्तापित गरेको स्थानीय गोविन्द अधिकारी बताउन्छन् । ‘काठको पुल पनि बलियो हुन्छ, वर्षाै सम्म पनि टिकेका छन्’ उनले भने, ‘काठेपुल हाम्रा पुर्खाहरूको इतिहास पनि हो । यसको हामीसवैले संरक्षण गर्नुपर्छ’

काठेपुलमा वनाएका मुर्तिमा चिउडी गाउकै मणीप्रसाद अधिकारीले पेन्टिङ्ग गरेका हुन् । देवदेयारको काठबाट वनेको पुल हेर्ने र फोटो खिच्नेको पनि कमी छैन । सिंजा हुदै रारा जाने आन्तरीक र वाह्य पर्यटकहरूले काठेपुल देखेपछि त्यहां सेल्फी खिचेरै रारा जाने गरेका छन् । रारा जान लागेका अर्का पर्यटक दैलेखका विद्यासागर भट्टराई आफुले यस्तो काठको पुल र पुलमा वनाइएको चित्र अन्यत्र नदेखेको वताए । ‘अघिकाशं जिल्लामा आधुनिक झोलुङ्गे पुलमात्रै देखेको छु’ उनले भने, यी काठका पुलहरू इतिहास भैसकको छन्’ । सिंजामा विभिन्न चित्र बनाइएका काठका पुल देखेपछि त्यहाँ फोटो नखिची जाने मासिन कमै होलान् ।

जुम्लामा काठेपुलको प्रचलन थियो । धेरै ठाउँमा काठेपुल अझैपनि छन् । पछिल्लो समयमा झोलुङ्गे पुलले काठेपुललाई विस्तापित गर्दै गैरहेको छ । ऐतिहासीक काठेपुल संकटमा परेका छन् । झोलुङ्गे पुलमा सरकारले वजेट व्यवस्था गरि गर्ने भएपनि जुम्लीहरूले सरकारी रकम नलिइ आफ्नो आवश्यकता अनुसार काठेपुल वनाउने र सिप भएकाले पुलको खम्माको टुप्पोमा चित्र मूर्तिहरू वनाउने गरेको थिए । तिला गाउंपालिकाको रारालिही, तातोपानी गाउंपालिकाको हांकु र नगरपालिका भित्रका काठेपुलहरू अहिले जिर्ण वन्दै गएका छन् ।

प्रकाशित : चैत्र २२, २०७४ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?