कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण क्षेत्रमा बढ्दै लागूऔषध

एलपी देवकोटा

जुम्ला — यहाँका ग्रामीण क्षेत्रहरूसंग कर्णाली राजमार्गको सडक सञ्जाल जोडिँदै गएपछि लागुऔधको कारोवार बढ्दै गएको छ । युवाहरूमा लागूऔषधको दुव्र्यसनी बढ्दै गएपछि कारोवार पनि बढेको हो । युवा तथा किशोर–किशोरीमा लुकिछिपी लागूऔषधको प्रयोग गर्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा बढ्दै लागूऔषध

युवामा लागूऔषधको मोह बढिरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । सडकको विस्तार, उद्यमशीलताको अभाव, शिक्षाको अभाव, तथा परिवारको प्रत्यक्ष निगरानी नपुग्दा जुम्लाका युवा लागूऔषधको दुव्र्यसनीमा फसेको प्रहरी नायव उपरिक्षक डा. तपनकुमार दाहालले वताए ।

सरकारले उचित उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्न नसकेकाले युवाहरू दुव्र्यसनीमा फस्दै गएको जिल्ला युवा समितिका अध्यक्ष दिपेन्द्र रोकायाले बताए । ‘जुम्ली युवाहरूले गाउँमै भने जस्तो रोजगार पाउन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले शिक्षित युवाशक्ति लागुपदार्थको दुव्र्यसनीमा फस्दै गएको अवस्था छ ।’ युवामा लागुपदार्थको दुव्र्यसनी बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालयले निगरानी बढाएको जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार लागुपदार्थको दुव्र्यसनीमा संलग्न ३५ जना युवायुवतीलाई नियन्त्रणमा लिइएको छ । प्रहरी नियन्त्रणले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक डा. दाहालले बताए । नियन्त्रणमा लिएकामध्ये ११ जना युवती छन् । त्यस्तै २४ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनको भनाइ छ । ‘छोटो समयमा धेरै प्रयोगकर्ता पक्राउ पर्नुले जुम्लामा लागूऔषध दुव्र्यसनीको समस्या विगतदेखि नै रहेको देखिन्छ,’ उनले भने, ‘हामीले लागूऔषधको विषयलाई गम्भीरतापूर्वक लिएर कारवाही प्रक्रिया र अनुसन्धान अगाडी बढाएका छौं ।’ उनले प्रयोगकर्तालाई नियन्त्रणमा लिन मातहतका कार्यालयलाई निर्देशन दिएको जनाए । अहिले खुलेआम बजारका पेटीमा लागूऔषध खाने र किनबेच गर्ने अवस्थामा केही सुधार आएको प्रहरीले दाबी गरेको छ ।

जुम्लाका निजी औषधि पसलले पनि लागूऔषध बेच्ने गरेको खुलेको छ । कोही युवा बाहिर जिल्लाबाट लागूऔषध मगाएर सेवन गर्ने गरेको पाइएको छ । कोही युवाले जिल्लाभित्रैको मेडिकलबाट किनेर प्रयोग गर्ने गरेको प्रहरी नायब उपरिक्षक दाहालले बताए ।उनले तथ्य र प्रमाण भेटिए कानुन अनुसार किनबेच गर्ने सबैलाई कानुनी दायरामा ल्याउने बताए । मेडिकल संचालक तथा लागुपदार्थ प्रयोगकर्ताबीच आन्तरिक मिलोमत्तो हुँदा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?