कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

रासस

सुर्खेत — यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । 

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिए ।


त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताए । भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको रनिङ शिल्डमा सबै खेल विधाको कूल अंकलाई जोड्दा सुर्खेत प्रथम आएको संयोजक सिंहले जानकारी दिए ।


खेलमा प्रथम, द्वितीय र तृतीय आउने जिल्लालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रनिङ शिल्डमा उत्कृष्ट खेल देखाउने विभिन्न खेल विधाबाट ८४ खेलाडीलाई यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलका लागि छनोट गरिएको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए ।


उनका अनुसार खेलमा भाग लिएका कर्णाली प्रदेशका १० जिल्लाका ८४० जना खेलाडीले ३०४ पदकमा प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?