कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वडामा २ सय मानसिक रोगी

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका ६ वटा वडामा करिब दुई सय मानसिक रोगी भेटिएका छन् ।

६ वडामा २ सय मानसिक रोगी

त्रिवेणीको १ देखि ५ नम्बर वडा र मुसीकोटको ११ नम्बर वडामा २ सय ३६ मानसिक रोगका बिरामी भेटिएका उपचार तथा परामर्शमा कार्यरत संस्था नेपाल जनजागरण मञ्चले जनाएको छ । उनीहरूले यी वडामा पर्ने रुघा, खारा र भालक्चा स्वास्थ्यचौकीबाट नियमित उपचार र परामर्श लिइरहेका छन् ।

संस्थाका कार्यक्रम संयोजक शम्भु बीसीका अनुसार सबैभन्दा बढी रुघा स्वास्थ्यचौकीबाट १ सय २६ बिरामीले उपचार लिइरहेका छन् । खारा स्वास्थ्यचौकीबाट ७२ जनाले र भलाक्चा स्वास्थ्यचौकीमा ३८ बिरामीले उपचार सेवा लिइरहेका छन् । त्रिवेणी गाउँपालिका १ र २ का मात्रै नभएर अन्य वडा तथा रोल्पाबाट समेत मानसिक रोगी उपचारको लागि आउने गरेका छन् ।


यी क्षेत्रमा मानसिक स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा भएका विभिन्न घटनाका कारण मानसिक समस्या बढी देखिएको हो ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?