कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ अर्ब ३० करोडको बजेट

जाजरकोट — आगामी आर्थिक वर्षका लागि जाजरकोटका सात स्थानीय तहले २ अर्ब २० करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् । यो बजेट चालु वर्षको भन्दा झन्डै १० करोडले कम हो ।

२ अर्ब ३० करोडको बजेट

यहाँका तीन नगर र चार गाउँपालिकाले आ–आफ्नो प्रशासनिक केन्द्रबाट आइतबार बजेट सार्वजनिक गरेका हुन् ।

भेरी, छेडागाड, नलगाड नगरपालिका, कुशे, बारेकोट, शिवालय र जुनीचाँदे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । न्यून आन्तरिक आम्दानी र संघीय तथा प्रदेश सरकारबाट विगतभन्दा सिलिङ घटेर आएपछि बजेट घट्न गएको हो ।

प्रदेश सरकारबाट ७ वटै स्थानीय तहलाई साढे तीन करोड मात्र बजेट विनियोजन भएको छ । त्यस्तै विनियोजित बजेटमध्ये चालुभन्दा पुँजीगत बजेट न्यून देखिएको छ । जिल्लाभरको विकास बजेट ८० करोडभन्दा कम छ । जिल्लाका अधिकांश स्थानीय तहले सडक निर्माण तथा कृषि क्षेत्रको विकासलाई केन्द्रविन्दु बनाएर बजेट निर्माण गरेको पाइएको छ ।

भेरी नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभामार्फत ४२ करोड १७ लाखको बजेट निर्माण गरेको छ । नगरपालिकाले चालु अनुदान ९ करोड १२ लाख, संघीय ससर्त अनुदान २० करोड ४४ लाख, पुँजीगत अनुदान १२ करोड ६१ लाख विनियोजन गरेको हो ।

प्रकाशित : असार १२, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?