कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारागारमा योग शिविर

दैलेख — जिल्ला कारागारमा कैदबन्दीलाई लक्षित गर्दै सातदिने योग तथा ध्यान शिविरको आयोजना गरिएको छ । कारागारमा रहेका ५७ कैदीबन्दीलाई योग तथा ध्यानसम्बन्धी जानकारी दिन शिविर सञ्चालन गरिएको हो ।

कारागारमा योग शिविर

शिविरमा कैदीबन्दीले सक्रिय सहभागिता जनाएको योग प्रशिक्षक शंकर थापाले बताए । उनका अनुसार पर्याप्त हल नहुँदा कैदीबन्दीलाई आलोपालो गरेर योग सिकाइएको थियो । सकारात्मक सोचको विकास गर्न शिविरको आयोजना गरिएको उनको भनाइ छ ।


योग र ध्यानले कैदीबन्दीको दैनिकीमा परिवर्तन आउन थालेको नाइके मानबहादुर नेपालीले बताए । उनका अनुसार शिविरकै क्रममा कैदीबन्दीले देखाएको सक्रियता उदाहरणीय थियो । उनका अनुसार कैदी बन्दीले बिहानै उठेर नियमित योगा र ध्यान गर्न थालेका छन् । योग र ध्यानले कैदीबन्दीको स्वास्थ्य समस्या हल हुने आशा रहेको उनको भनाइ छ । योग प्रशिक्षक नरेश्वर अधिकारीले योगले उनीहरूमा सकारात्मक सोच ल्याउने र दीर्घ जीवनका लागि सहयोग पुग्ने बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?