कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालाबन्दीले पठनपाठन अवरुद्ध

मुगु — रारा बहुमुखी क्याम्पसमा एक सातादेखि गरिएको तालाबन्दीका कारण पठनपाठन अवरुद्ध भएको छ । तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक कामकाजसमेत पूर्णरूपले ठप्प छ । क्याम्पसका चन्दादाताले गत भदौ ६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

तालाबन्दीले पठनपाठन अवरुद्ध

क्याम्पस प्रशासनले चन्दादातालाई कुनै जानकारी नै नगराई एकलौटी र मनपरि ढंगले १२ जना कर्मचारी भर्ना गर्न थालेको भन्दै दुई दर्जनभन्दा बढी चन्दादाताले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

उनीहरू प्रत्येक दिन क्याम्पसअगाडि धर्नामा बस्न थालेका छन् । विद्यार्थीको भर्ना, परीक्षा प्रणालीदेखि स्नातक तहको पढाइ अवरुद्ध बनेको क्याम्पसले जनाएको छ । ‘हामी चन्दादातालाई कुनै जानकारी नगराई एकलौटी ढंगबाट क्याम्पस प्रशासनले कर्मचारी भर्ना गर्न लागेको विरोधमा अनिश्चितकालीन तालाबन्दी गरेका हौं,’ संघर्ष समितिका संयोजक कम्मरसिह खडाले भने, ‘क्याम्पस प्रशासनले सिफारिस गरेको कर्मचारीको नामावली रद्द नगरेसम्म ताला खोलिने छैन ।’


क्याम्पसलाई करिव ३० रोपनी जग्गा चन्दा दान दिए पनि हरेक कामकाज आफूहरूलाई थाहै नदिएर गर्न लागेको चन्दादाताको आरोप छ ।


क्याम्पसमै चन्दादातासँग दुई पटक बैठक बसे पनि कुनै निर्णयमा पुग्न नसकिएको क्याम्पस प्रमुख सुशीलकुमार भामले बताए । उनले सहमतिबाटै ताला खोल्न खोजेकाले पढाइ अवरुद्ध भएको बताए । २०६४ सालमा स्थापना भएको क्याम्पस अझै आंगिक हुन सकेको छैन । क्याम्पस स्थापना भएको एक दशक बितिसक्दा पनि भौतिक पूर्वाधारहरू निर्माण हुन सकेका छैनन् । पर्याप्त शौचालय, पुस्तककालय, विज्ञान प्रयोगशालालगायत संरचना नहुँदा पठनपाठनमा समस्या भइरहेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?