कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा समता विद्यालय

सल्यान — समता निकेतनले ७७ औं शाखाको रूपमा शारदा नगरपालिका–१, श्रीनगरमा विद्यालय स्थापना गरेको छ । विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नेगरी समताले विद्यालय स्थापना गरिएको जनाइएको छ ।

सल्यानमा समता विद्यालय

यसै शैक्षिक सत्रदेखि पढाइ सुरु भएको विद्यालयमा नर्सरीदेखि कक्षा १ सम्मको पठनपाठन सुरु गरिएको छ ।

निर्देशक दीपक सञ्जेलका अनुसार विद्यालयमा मासिक शुल्क एक सय, परीक्षा शुल्क २ सय र भर्ना शुल्क एक सय ५० तोकिएको छ । ‘त्यही शुल्कबाट विद्यार्थीको पोसाक तथा पुस्तकको व्यवस्था गरिएको छ,’ उनले भने,‘ सामुदायिकमा पढाइ राम्रो नहुँदा बिद्यार्थी जान नमान्ने र निजीमा चर्को शुल्कको मारमा अभिभावक परेकाले समताको आबश्यक्ता भएको हो ।’ नर्सरी देखि कक्षा १ सम्म दुई सय बालबालिका अध्ययनरत रहेको उनको भनाइ छ । प्रत्येक बर्ष एक कक्षा थप गर्दै प्लस टुसम्म कक्षा सञ्चालनको योजना रहेको उनले जनाए ।

सन २००१ देखि काडमाडौबाट सुरु गरिएको समता विद्यालयमा अहिले सबै संकायमा उच्च शिक्षासम्म पठनपाठन भइरहेको छ । ‘नर्सरीदेखि उच्च शिक्षा अध्ययनका लागि लाग्ने शुल्क मासिक १ सय मात्र छ,’ सञ्जेलले भने, ‘विद्यार्थीले तिरेको शुल्कले शैक्षिक खर्च नपुग्ने भएकाले विभिन्न दाताबाट सहयोग संकलन गर्ने गरिएको छ ।’

भारतको बिहार, बंगलादेशको ढाका र श्रीलंकामा समेत विद्यालय सञ्चालन गरिएको समताले जनाएको छ । सार्कका अन्य चार देशमा समताको शाखा खोल्ने तयारी भइरहेको छ । श्रीनगरसहित देशभरि ४० हजार विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । समता विद्यालय खुलेपछि यहाँका बिपन्न अभिभावकले राहत पाएको बताए ।

आर्थिक समस्याका कारण बालबालिकालाई कहाँ पढाउने भनेर दोधारमा परेकी स्थानीय निर्मला योगीले समता खुलेपछि निकै राहत भएको बताइन् । ‘निजीमा पढाउने हैसियत थिएन,’ उनले भनिन्, ‘सामुदायिकमा बालबालिकाले जान मानेका थिएनन्, समता खुलेपछि धेरै राहत भयो ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?