कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

जुम्लामा बस दुर्घटना ९ घाइते

एलपी देवकोटा

जुम्ला — सुर्खेतबाट जुम्ला आउँदै गरेको यात्रुवाहक बस नाग्म रारालिही सडक खण्डको बिचमा दुर्घटना भएको छ ।  ना ६ ख ९२२ नम्बरको बस आइतबार साँझ दुर्घटना हुँदा ४ जना महिला र ५ जना पुरुष गरी ९ जना घाइते भएका छन् । 

जुम्लामा बस दुर्घटना ९ घाइते

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैहरको छ भने उपचारका लागि अस्पताल पुर्‍याइएका बिरामी मध्ये कालिकोट रासकोटकी वर्ष ४२ की यसोधा शाहीको शल्यक्रिया भैरहेको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।


दुर्घटना भएको बसमा २२ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरुमा मनिसरा परियार, रेशमा शाही, गोरे कामी, मिना शाही, जसोधा शाही, भद्र दमाई, राम बहादुर सोरु, भरतकुमार कठायत रहेका छन् । घाइतेहरुको उपचार भैरहेको अस्पतालले जनाएको छ ।


प्रकाशित : भाद्र ३१, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?