कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘असल आमा’ लाई सम्मान

नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा ७५ जना असल आमा र महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरेको छ

दैलेख — नारायण नगरपालिकाले नगरका असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष पुगेपछि मात्र विवाह गरेका र दुई मात्र सन्तान जन्माएका आमालाई असल आमाको रूपमा सम्मान गरिएको हो । असल आमालाई नगद दुई हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

‘असल आमा’ लाई सम्मान

नगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा ७५ जना असल आमा र
महिला स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत गरेको हो ।

गर्भवती आमाले नियमित स्वास्थ्य जाँच गरेको, नियमित खोप लगाएको, गर्भावस्थामा बच्चाको चिन्ता गरेको, भारी बोक्ने र जोखिमपूर्ण काम नगरेको जस्ता सूचकलाई ध्यान दिई असल आमा छनोट गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य प्रमुख लालबहादुर खड्काले बच्चा जन्मिनुपूर्व चार पटक नियमित स्वास्थ्य जाँच गरेका, स्वास्थ्य संस्थामा बच्चा जन्माएका र बच्चाले पाउनुपर्ने सबै खोप दिएका आमालाई सम्मान गरिएको बताए । कार्यक्रमका लागि पहिलो नगरसभाबाट बजेट विनियोजन गरिएको थियो । गत वर्ष विभिन्न कारणले कार्यक्रम रोकिएकाले यस वर्ष निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले असल आमा प्रोत्साहन गर्न दोस्रो नगरसभाबाट ६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नगरप्रमुख रत्नबहादुर खड्काले असल आमा सम्मानले अन्य आमालाई पनि प्रेरणा दिने बताए । उनले बालबालिकाको गुणस्तरीय स्वास्थ्यमा सुधार गर्न बच्चालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने कार्यक्रम यस वर्षदेखि सञ्चालन गरिएको जानकारी दिए । नगर उपप्रमुख सावित्री मल्लले महिलामैत्री नगर निर्माणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइन् । ‘नगरमा बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘जसले सबैलाई असल आमा बन्नका लागि प्रेरणा प्रदान गर्नेछ ।’ कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाले असल आमा कार्यक्रम उदाहरणीय भएको बताए ।

प्रकाशित : आश्विन ३, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?