कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली राजमार्गमा जिप दुर्घटना, ९ जना घाइते

रासस

दुल्लु — कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् ।

कर्णाली राजमार्गमा जिप दुर्घटना, ९ जना घाइते

बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा बिहीबार राति साढे २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।


दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो ।


प्रकाशित : आश्विन ५, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?