कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँले बनायो नगरको सडक

दैलेख — नारायण नगरपालिका–४ स्थित सोतको सडक अवरुद्ध भएपछि नौमुले गाउँपालिकाले मर्मत गरिदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक सुधारमा ध्यान नदिएपछि गाउँपालिका आपैंm अग्रसर भएको हो ।

गाउँले बनायो नगरको सडक

नगरपालिकाले आफ्नो सीमा वरपरका सडक मर्मत नगर्दा नौमुलेबाट छुट्ने यातायातका साधनले सास्ती खेप्दै आएका छन् । ‘नगरपालिकाको क्षेत्र भएकाले उसैले सडक बनाउँला भनेर धेरै समय पर्खेर हेरियो,’ गाउँपालिका अध्यक्ष भदे बुढामगरले भने, ‘तर सडक नबन्दा बर्खामा गाडी नै बन्द भएपछि हामी आपैंm निर्माणमा जुटेका हौं ।’


गाउँपालिकाले सडक खुलाउन करिब तीन लाख रुपैयाँ खर्च गरेको छ । २८ किलोमिटर लामो उक्त सडकको स्तरोन्नति नहुँदा व्यापारिक केन्द्र नौमुले आवतजावत गर्न स्थानीयले सास्ती भोग्दै आएका छन् । अर्कोतिर, सडकमा भाडादर पनि निकै महँगो छ । निजी सवारीले प्रतिव्यक्ति तीन सय ५० देखि चार सय रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । ‘सडकको ट्रयाक खुलेको १२ वर्ष बिते पनि स्तरोन्नति नहुँदा हामीले निकै समस्या झेल्नुपरेको छ,’ स्थानीय रत्नबहादुर कठायतले भने, ‘सडक बने पनि नाली व्यवस्थापन नहुँदा यस्तो अवस्था आएको हो ।’


नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले भने यो सडकका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको बताए । नगरपालिकाले पनि सडक स्तरोन्नतिका लागि योजना बनाएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ९, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?