कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थापाद्वारा शपथ

अर्जुन शाह

धनगढी — सभामुखमा निर्वाचत अर्जुनबहादुर थापाले सोमबार प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा बैठकबाट निर्वाचित भएकै दिन थापाले शपथ लिएका हुन् ।

थापाद्वारा शपथ

सभामुख पदका लागि एमालेबाट निर्वाचित सांसद थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए । प्रदेशसभाको बैठकमा प्रस्तावक रहेका एमाले सांसद दीर्घ सोडारी र समर्थक बसेका प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार माओवादी सांसद त्रिलोचन भट्टले प्रस्तावक र समर्थन मन्तव्य दिएपछि सभाको अध्यक्षता गरेकी दिव्यश्वरी शाहले थापालाई निर्वाचित भएको घोषणा गरेकी थिइन् । सभामुखको शपथ लिएपछि थापाले भने, ‘प्रदेशसभाको गरिमा बढाउनुका साथै आवश्यक कानुन निर्माणका प्रक्रियाहरूलाई गति दिनु आफ्नो प्राथमिक काम हुनेछ ।’ प्रदेशसभाले थुप्रै कानुनहरू निर्माण गर्नुपर्नेछ । संघीयताको नौलो अभ्यास भएकाले यस प्रदेशको समृद्धि र स्थायित्वका लागि सबै दल तथा सांसदहरूले एकताबद्ध भई अघि बढ्नुपर्नेमा सभामुख थापाले जोड दिए । उपसभामुखको निर्वाचनका लागि भने फागुन ६ गतेको मिति तोकिएको छ । उक्त बैठक सभामुख थापाले सञ्चालन गर्नेछन् ।

५३ सदस्यीय यहाँको प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका २ सांसद छन् । कांग्रेसले भने सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?