कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालो झण्डा प्रदर्शन आरोपमा ५ पक्राउ

कान्तिपुर संवाददाता

महेन्द्रनगर — प्रदेश मन्त्रिपरिषद्मा दलित मन्त्री समावेस नगरेको भन्दै दलित विद्यार्थी साझा मञ्चका विद्यार्थीले शनिबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट फर्कनेक्रममा उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मंचका अध्यक्ष पवन नेपाली, सचिव लालबहादुर बिक, रुपेश विक, शंकर टमटा र अमराज बिक छन् । उनीहरूलाई मुद्धा चलाउने वा रिहा गर्ने विषयमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?