कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विजयसाल संरक्षण

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका ५ को रामनगर सामुदायिक वनमा केही वर्षअघिसम्म विजयसाल लोप हुने अवस्थामा पुगेको थियो । स्थानीयले चरिचरन र डढेलो नियन्त्रणसँगै संरक्षणमा जोड दिएपछि अहिले वनभित्र विजयसालको नर्सरी नै बनेको छ ।

एक दशकअघि १०/१२ वटा बूढा रूखहरू मात्रै देखिने उक्त वनमा अहिले दुई/अढाई हजारभन्दा बढी बिरुवा उत्पादन भएका छन् ।

रामनगर सामुदायिक वनले ब्लक नै बनाएर विजयसालको संरक्षण गरिरहेको छ । २ वर्षअघि गणना गर्दा २ सय जति मात्रै बिरुवा थिए । अहिले वनभरि छरिएर ठूलो संख्यामा वृद्धि भएको सामुदायिक वनका सचिव लालबहादुर चौधरीले बताए । ‘दस/बाह्र वर्षदेखि विजयसाल संरक्षण गरिरहेका छौं,’ उनले भने, ‘अहिले राम्रै वन बनेको छ ।’ पुनर्वास नगरपालिकाको भीम सामुदायिक वनमा पनि एक पटक यो प्रजाति लोप हुने अवस्थामा पुगेको थियो । अहिले ५ सयभन्दा बढी बिरुवा हुर्किरहेका छन् । सामुदायिक वन दर्ता हुनुअघि ८/१० वटा बूढा रूखहरू भए पनि स्थानीयले दाउरा र घासका रूपमा प्रयोग गरेपछि उक्त क्षेत्रमा लोप हुने अवस्थामा पुगेको हो ।

‘संरक्षणपछि अहिले पुनरुत्पादन भएको छ,’ भीम सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर थापाले भने, ‘स्याउला काट्नेबाट जोगाउन निकै समस्या छ, गाउँलेले चोरेर स्याउलाका लागि काट्ने गर्छन् ।’ नयाँ बिरुवा उत्पादन हुने क्रम निकै बढेकाले विजयसालको छुट्टै वन बनाउने तयारीसमेत गरिएको छ । लोपोन्मुख प्रजातिमा पर्ने यसको स्याउला गाईभैंसी र बाख्राले निकै मन पराउँछन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?