कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार गर्न खोज्नेलाई कालोमसो र दुई लाख जरिवाना

प्रहरी भन्छ– अनुसन्धान हुँदै छ
डीआर पन्त

धनगढी — कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलात्कार गर्न खोज्नेलाई स्थानीयबासिले कालोमसो दलेर सजाय दिएका छन् । 

बलात्कार गर्न खोज्नेलाई कालोमसो र दुई लाख जरिवाना

जिल्लाको कैलारी गाउँपालिका–१, दक्षिण मझरका टुक्की भनेर चिनीने कृष्ण चौधरीलाई सार्वजनिक स्थानमा कालोमसो र जुत्ताको माला लगाएर परिक्रमा गराएका हुन् । चौधरीले सोही गाउँकी एक महिलालाई २३ गते राति महिलालाई बलात्कार गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएकी थिइन् ।

महिलाले प्रतिकार गर्दा चौधरीले उनलाई कुटपीट समेत गरेको पीडितले बताएकी छिन् । उनी चिच्याएपछि गाउँलेले थाहा पाएपछि चौधरीलाई पक्राउ गरेका थिए ।

भारतमा रोजगारी गर्दै आएको चौधरीलाई चैत २४ गते गाउँमा सार्वजनिकस्थलमा कालोमसो दल्नुका साथै दुई लाख रुपैयाँ समेत जरिवाना गरिएको छ । यस विषयमा प्रहरीले औपचारिक रुपमा कुनै जानकारी नआएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढा मगरले भने, ‘महिला माथि दुव्र्यवहार भएको जानकारी भएपनि बलात्कार गर्ने प्रयास गरेको विषयमा कुनै जानकारी छैन ।’

स्थानीय भलमान्सा र सर्वसाधारणले समाजिक रुपमा त्यो विषयमा केही गरेको पनि जानकारी नभएको उनले बताए ।

यस विषयमा हसुलीया प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी नायव उपरिक्षक बुढाले बताए । ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले बताए ।

उनलाई चैत्र २४ गते सार्वजनिक रुपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइएको थियो । बलात्कारको प्रयास गर्ने कृष्णलाई दुई लाख रुपैयाँ जरिवाना पनि तोकिएको जनाइएको छ ।


प्रकाशित : चैत्र २६, २०७४ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?