कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार प्रयासको आरोपमा ७ जना पक्राउ

डीआर पन्त

धनगढी — ४ दिन अघि कैलारी गाँउपालिका–१ दक्षिण मन्झरामा स्थानीय महिलालाई बलात्कार गर्न खोजेको अारोपमा कृष्ण चौधरीसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

बलात्कार प्रयासको आरोपमा ७ जना पक्राउ

घटना सार्वजनिक भएलगत्तै सक्रिय भएको प्रहरीले जर्बजस्ती करणी गर्न खोजेकाे अाराेपमा कृष्ण चौधरी र कानुन हातमा लिएर कालोमोसो दलेकाे अाराेपमा अन्य ६ जनालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टुकी भनेर चिनिने कृष्ण चौधरी, कालोमोसो दल्ने स्थानीय भलमान्सा बुद्धि चौधरी, दुखिराम चौधरी, मसराम चौधरी, खोजराम चौधरी र छेदुराम चौधरी रहेका छन् ।


महिलालाइ जर्वजस्ती करणी गर्न खोज्ने कृष्ण चौधरीलाइ जर्वजस्ती करणी अन्तरगत मुद्दा चलाइने र अन्यलाइ सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक बिरबहादुर बुढा मगरले जानकारी दिए ।


कृष्णले गत चैत्र २३ गते राति समयमा एक महिलालाई घरमा एक्लै भएका बेला बलात्कार प्रयास गरेकाे अाराेप छ । महिला कराएपछि स्थानीयले कृष्णलाई पक्राउ गरि चैत्र २४ गते भलमन्सा बुद्धिराम चौधरी लगायतको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाउदै दुई लाख जरिवाना गराउने कागजात गराएका थिए ।

प्रकाशित : चैत्र २७, २०७४ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?