कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महेन्द्रनगर बजारमा बम विस्फोट

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहान बम विस्फोट भएको छ । भीमदत्त नगरपालिका–४ स्थित देव स:मिल नजिकै नगर विकासको जग्गामा निर्माणाधीन घरमा बम विस्फोट भएको हो ।

महेन्द्रनगर बजारमा बम विस्फोट

आइतबार बिहान ३ बजेर ५५ मिनेटमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले बताए । घटनास्थल वरिपरि आल्मुनियमका टुक्रा भेटिएकाले प्रेसर कुकर बम विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको डीएसपी सेटीले बताए ।


स:मिलका सञ्चालक कैलाश सुनारको निर्माणाधीन घरको कोठाभित्र विस्फोट भएको हो । विस्फोटबाट पर्खालमा भ्वाङ परेको छ ।


देव स:मिल अगाडि नगर विकास समितिको जग्गामा जथाभावी भइरहेको निर्माणमा स्थानीय प्रशासनले रोक लगाएको छ । विस्फोट कसले र किन गराएको केही खुल्न नसकेको डीएसपी सेटीले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?