कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ७ का मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक

अर्जुन शाह

धनगढी — प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्रीसहित मन्त्रीहरुको सम्पति विवरण मंगलबार सार्वजनिक गरेको छ ।

प्रदेश ७ का मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक

सार्वजनिक विवरणअनुसार मन्त्रीको सम्पति न्यून देखिएको छ । भएको सम्पत्ति श्रीमती र घरपरिवारको नाम रहेको छ ।


मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको आफ्नो नाममा कुनै सम्पति छैन् ।


सार्वजनिक सम्पति विवरण अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टसँग सबैभन्दा न्यून सम्पति छ ।


मुख्यमन्त्री भट्टको डोटीको केआइसिंह–६ मा एउटा घर सहित साढे २० रोपनी जग्गा छ । उक्त घर जग्गा श्रीमती दुर्गा भट्ट र शालिग्राम भट्टका नाममा छ ।


उनीसँग एक तोला सुन छ । ७० हजार बैंक मौज्दात देखाएका मुख्यमन्त्रीले ३ लाख ४० हजार ऋण ऋण रहेको उल्लेख गरेका छन् ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको आफ्नो नाममा कुनै सम्पति छैन् । श्रीमान पर्शुराम चौधरीको नाममा कैलाली भजनी–४ मा ४ कट्टा जग्गा र एक घर रहेको छ । यस्तै श्रीमानकै नाममा भजनीमै एक विगाह जग्गा छ ।


७ तोला सुन, ५० हजार बैंक मौज्दात, एक लाख ऋण र ६२ हजार बराबरको सेयर कित्ता रहेको मन्त्री चौधरीले सम्पति विवरणमा उल्लेख गरेकी छन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?