कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा बैंकका शाखा

‘गाउँमा बैंक खुलेसँगै स्थानीयलाई घण्टौ हिंडेर सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ’

दार्चुला — यहाँका स्थानीय तहमा बैंकका शाखा कार्यालय बिस्तार हुन थालेका छन् । पछिल्लो पटक मार्माको लटिनाथमा सनराइज बैंक र मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंकको शाखा खुलेको छ । मालिकार्जुन –८ पस्ती बजारमा बिहीबार खुलेको शाखा कार्यालयको प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उदघाटन गरे ।

स्थानीय तहमा बैंकका शाखा

गाउँपालिकामा कुनै बैंकको शाखा नहँुदा कारोबार गर्न सदरमुकाम खलंगा जानुपर्ने बाध्यता
अब हटेको छ ।


बैंकको शाखा खुलेसँगै मालिकार्जुनका स्थानीयले गाउँमै आर्थिक कारोबार गर्न पाउने भएका छन् । यसअघि सदरमुकामस्थित महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा मात्र बैंकिङ कारोबार हुँदै आएको थियो ।


विभिन्न रेमिट्यान्स, आईएमई लगायतका बैंकिङ कारोबार सञ्चालन गर्ने गरी सनराइज बैंकको केन्द्रीय कार्यालय र मार्मा गाउँपालिकाको सम्झौताअनुसार बैंक स्थापना गरिएको हो । बैंकले कारोबार सुरु गरेसँगै स्थानीयले घरदैलोमै सेवा पाइरहेका छन् । ‘गाउँमा बैंक खुलेसँगै यहाँका स्थानीयलाई घण्टौं हिँडेर जिल्ला सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ,’ सांसद बडूले भने, ‘बैंकजस्तै अन्य सेवा पनि विस्तार भए गाउँमा सिंहदरबार आएको अनुभूति हुने थियो ।’


५ वर्षे कार्यकालमा स्थानीयले अनुभूति गर्ने खालका विकासका काम गरिने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताए । घरदैलोमै बंैकिङ सेवा पाउन थालेपछि स्थानीय निकै हर्षित भएका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये ४ स्थानीय तहमा बंैक शाखा स्थापना भएका हुन् ।

प्रकाशित : असार ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?