कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध यार्सागुम्बा र सतुवासहित व्यापारी पक्राउ 

मनोज बडू

दार्चुला — दुँहु गाँउपालिकाबाट सदरमुकाम खलंगा आइरहेका एक व्यापारीबाट अवैध रुपमा ल्याउँदै गरेको एक हजार एक सय ग्राम यार्सागुम्बा र सतुवा बरामद गरिएको छ । 

अवैध यार्सागुम्बा र सतुवासहित व्यापारी पक्राउ 

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुँहु गाँउपालिका–३ राताकाठाबाट राती लुकिछिपी सदरमुकाम आइरहेका बेला शंका लागेर चेकजाँच गर्दा दुँहु–५ गगनसिह महराबाट एक किलो एक सय २० ग्राम यार्सागुम्बा र २ सय ३५ ग्राम सतुवासहित पक्राउ गरेको हो ।

यार्सागुम्बा संकलन गर्ने कुनै कागजात साथ नराखी स्थानीयबाट खरिद गरेर सदरमुकाम खलंगा ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बरामद सामानसहित कारवाहीका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

महराले प्रहरीसामु उक्त यार्सागुम्बा र सतुवा घरेलु भएको बताएका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले भने अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाइने जनाएको छ ।

प्रकाशित : असार ४, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?