कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर भत्कँदा एकको मृत्यु 

अर्जुन शाह

धनगढी — आइतबारदेखि कै अविरल वर्षाका कारण घर भत्किएर सोमबार कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ ।

घर भत्कँदा एकको मृत्यु 

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार राती करिब १ बजेतिर घर भत्केको र त्यसैमा च्यापिएर रानाको मृत्यु भएको हो । मृतकका श्रीमान् ६५ वर्षीय कडेवा राना सामान्य घाइते भएका छन् ।


कैलाली लगायत ७ नम्बर प्रदेशका सबै जिल्लामा आइतबार रातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण यहाँका नदीनालाहरुमा पानीको सतह बढेको छ । महाकाली, कर्णाली, मोहना, खुटिया लगायतका खोलाहरुमा पानीको जलस्तर बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।


बाढीको जोखिम भएका क्षेत्रका स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निमित्त प्रजिअ भट्टले जिल्ला दैविप्रकोप उद्दार समितिका स्वयंसेवकहरुलाई आवश्यक निर्देशन दिइसकेको बताए ।

प्रकाशित : असार १८, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?