कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा बैठकबारे छलफल

मनोज बडू

दार्चुला — नेपाल –भारत सीमावर्ती क्षेत्रका अधिकारीहरू बिच चारदिन पछि असार २८ गते दार्चुला सदरमुकाम खलंगामा हुने बैठकमा प्रस्तुत गरिने बिषय बारे आइतवार यहाँ सर्वपक्षिय छलफल भएकोछ ।

सीमा बैठकबारे छलफल

जिल्ला प्रशासन कार्यालयले आईतबार आयोजना गरेको उक्त बैठकमा सीमा क्षेत्रमा आपसी समन्वय, सहयोग र सूचना आदानप्रदानका विषयमा छलफल गर्न बैठक गर्न लागिएको जनाएको छ ।

सीमावर्ती क्षेत्रका अधिकारीहरू वीच सीमा क्षेत्रमा स्थानीयले भोग्नु परेको समस्या, लागु औषध, मानव वेचविखन नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रण लगायतका एजेण्डामा छलफल हुँदैछ । विभिन्न विषयमा सुझाव माग गर्न बैठकको आयोजना गरेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताए । सार्वजनिक सरोकार र जनजीवनसंग प्रत्यक्ष रुपमा प्रभाव पार्ने विषय बैठकमा प्राथमिकता पाउने उनको
भनाई छ ।

बैठकले सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने दुव्र्यवहार, व्यापारिक प्रयोजन बाहेक आम उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने बस्तु आयातमा सहजता, ब्याँसको माथिल्लो सीमा क्षेत्रमा चोरीसिकारी तथा वन्यजन्तुको तस्करी नियन्त्रणका लागि उक्त क्षेत्रमा सुरक्षा निगरानी आवश्यक रहेको ब्याँस गाउपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताए ।

‘खुला सीमा र मंसिर पछाडिको समयमा महाकालीमा पानी थोरै हुने हुँदा आवश्यकता परेको बेलामा जो कोहीले दुईवटा काठको डन्डी तेस्र्याएर वारपार गर्न सकिन्छ’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपालमा अपराध गरेर अपराधी भारत भाग्न सक्छ ।’ योसंगै उक्त क्षेत्रमा वर्षको आधा समयमा सरकारको उपस्थिति नहु दा भारतीय पक्षले आफू खुशी काठदाउरा, वन्यजन्तुको सिकार गर्ने भएकाले यसमा हाम्रो प्रशासनको ध्यान पुग्नु जरुरी रहेको उनको भनाई छ ।

सदरमुकाम खलंगा बाहेक तिग्रम, दत्तु, जौलजिवी नाकामा भारततिर कष्टम र यतातिर भन्सार सुविधा नहँुदा थोरै दैनिक उपभोग्य सामान आयात गर्न दिईरहेको छैन । एक व्यक्ति १० किलो चामल र त्यसै अनुरुप अन्य सामग्री आयातमा भारतले कडाई गरेको प्रसंग पनि बैठकमा छलफल भएको छ ।

त्यस्तै, लामो समयदेखि नेपाली उपभोक्ताले भारतीय बजारमा नेपाली रुपैयाको सधै अवमुल्यन भोगिरहेकाले यो तर्फ पनि बैठकमा भारतीय पक्षको ध्यानाकर्षण गराउन जिल्ला समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले सुझाव दिए । योसंगै कार्यक्रमका सहभागीहरूले वर्षातको समयमा भारतीय पक्षले निर्माण गरेको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामले नदीमा पानी छोडा समयमै नेपाली पक्षलाई सूचना दिनुपर्ने र सदरमुकाम पारि खोतिला पहिरोलाई समयमै व्यवस्थापन गर्नका लागि जोड दिनुपर्ने उनको भनाई छ ।

बैठकमा मनसुनको समयमा आइपर्ने विपदमा दुई देशका सुरक्षाकर्मी मिलेर उद्धार गर्ने लगायतका एजेण्डा प्रस्तुत गरिने जनाइएको छ । बैठकमा दार्चुला र बैतडी तथा भारतको पिथौरागढ जिल्लाका प्रशासन प्रमुख र सुरक्षा अधिकारी सहभागी हुने छन् । यसअघि फागुनमा भारतको पिथौरागढमा वैठक भएको भएको थियो ।

प्रकाशित : असार २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?