कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा लुटिए नेपाली

कान्तिपुर संवाददाता

कञ्चनपुर — भारतबाट घर फर्किन लागेका ३ नेपाली कामदार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नगरपालिका–१ चांँदनीमा बेहोस अवस्थामा भेटिएका छन् । उनीहरूलाई नशालु पदार्थ खुवाएर बेहोस बनाएर लुटिएको प्रहरीले जनाएको छ ।

सीमामा लुटिए नेपाली

शनिबार बिहान गड्डाचौकी नाका हुँँदै घर फर्किन लागेका कैलाली धनगढी उपमहानगरपालिका–१ का श्रवण राना र लम्की चुहा नगरपालिका–९ प्रतापपुरका गौरव चौधरी र राजेश चौधरी सीमा क्षेत्रमै लुटिएका हुन् ।

उनीहरूलाई बनबसाबाट सँगै आएका केही नेपालीले गड्डाचौकी नाकामा प्रहरील चेकजाँचको बहानामा दु:ख दिने भन्दै दोधारा चांँदनीतर्फ लगेका थिए । त्यही बाटोमा उनीहरूलाई बेहोस बनाएर लुटिएको हो ।

महाकाली नगरपालिका–१ चाँदनीमा बेहोस अवस्थामा भेटिएका उनीहरूलाई प्रहरीले महाकाली अञ्चल अस्पतालमा भर्ना गरेको छ ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?