कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनदेखि महाकाली राजमार्ग अवरुद्ध

मनोज बडू

दार्चुला — लगातारको वर्षापछि मालिकार्जुन गाउँपालिका–३ तेर्यालेकमा खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर-दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ ।

दुई दिनदेखि महाकाली राजमार्ग अवरुद्ध

सोमबारदेखि नै बिहान साढे ९ बजे खसेको पहिराे अहिलेसम्म नहटाउँदा सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ ।


अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय पाटन बैतडीबाट आएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भए पनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।


‘वर्षाका कारण माथिबाट निरन्तर पहिरो खसेकोले पन्छाउन गाह्रो भएको छ,’ दार्चुलाका प्रहरी डिएसपी नवराज अधिकारीले भने, ‘बीच सडकमा ठूलो ढुंगा छ, सानो मेसिनले हटाउन सकिएको छैन ।’ ठूलो डोजरलेमात्र ढुंगालाई पन्छाउन सकिने उनको भनाई छ । ठूलो स्काइभेटर भएपनि टाढाबाट बोक्ने गाडी नहुँदा बैतडीको सतबाजबाट डोजर मगाउने तयारी भएको प्रहरीले जनाएको छ ।


जिल्लाको मुख्य राजमार्ग अवरुद्ध हुदाँ जिल्ला भित्रिने र बाहिने सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । यहाँबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडी आउजाउ गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिदा यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?