कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर भत्किँदा एक महिलाको मृत्यु

दर्जनौ बस्ती पहिरोको जोखिममा
अर्जुन शाह

धनगढी — बाजुराको बुढीगंगा नगरपालिका–१ मल्लाकुणीमा घर भत्किँदा ४५ वर्षीया कला परीको मृत्यु भएको छ ।

घर भत्किँदा एक महिलाको मृत्यु

शुक्रबार रातिको वर्षाले घर भत्किएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । रिला, साउँदवाडालगायतका बिभिन्न बस्तीहरुमा पहिरोले घर भत्किएको प्रहरीले जनाएको छ । विस्तृत विवरण बुझ्न प्रहरी परिचालन गरिएको डिएसपी बोहोराले बताए ।


पहिरोका कारण बाजुराका दर्जनौ बस्ती जोखिममा परेका छन् । ठाउँठाउँमा पहिरो गएका कारण सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक एक महिनादेखि अवरुद्ध छ ।

प्रकाशित : भाद्र २, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?