कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदिरा विरुद्ध जुटे महिला

अछाम — यहाँका महिला मदिरा विरुद्धको अभियानमा जुटेका हुन् । समाजमा कलह ल्याउने मदिरा विरुद्ध महिलाले अभियान थालेपछि गाउँमा शान्ति कायम भएको छ । अछामका दसवटै स्थानीय तहले मदिरा व्यवस्थापनको लागि पटकपटक निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

मदिरा विरुद्ध जुटे महिला

मदिराको कारण होहल्ला, हिंसा, लगायतका घटना न्यूनीकरण हुन नसकेको भन्दै महिला एकजुट भएर आफैं अभियानमा जुटेका हुन् । पहिलोपटक पुरुषलाई नै महिला समूहमा राखेर मदिरा विरुद्ध अभियान सुरु गरेको मंगलसैन–५ पिपलतोलीका मदिरा व्यवस्थापन समितिका अध्यक्ष प्रमिला ढुंगानाले बताइन् ।


‘हामीले पहिले पनि मदिराविरुद्ध अभियान सुरु गरेका हौं तर पुरुषको साथ नपाएकाले हामी सफल हुन सकेनौं,’ उनले भनिन्, ‘अहिले पुरुषलाई पनि समूहमा राखेर अभियान सुरु गरेका छौं ।’ नगरपालिकाले निर्णय मात्रै गर्ने तर कार्यान्वयनका लागि कुनै पहल नगरेकाले नगरको ध्यानाकर्षण गराउन नगरपालिकाको कार्यालय नै पुगेको ढुंगानाले बताइन् । ‘नगरपालिकाको हाता भित्रै, सार्वजनिक ठाउँ र विद्यालयको हाताभित्रै मदिराको कारोबार गर्न नगरपालिकाले इजाजत पत्र दिएको छ । यसका विरुद्ध हामी नगरपालिकामा खबरदारी गर्न पुगेका हौं,’ उनले भनिन्, ‘यसरी दिनै नमिल्ने ठाउँमा दिएका इजाजतपत्र रद्द नगरिए आन्दोलन गर्न बाध्य हुनेछौं ।’


अवैध मदिरा उत्पादन बिक्री–वितरण हुने ठाउँ र नगरपालिकाले गरेको निर्णयभन्दा बाहिर गएर मदिराको कारोबार गर्न रोक्नका लागि गस्ती गएर छापा मार्न सुरु गरेको उनले बताइन् । गाउँका महिलाहरू मदिरा विरुद्धको अभिायनमा लाग्ने तर पुरुषले नटेर्ने ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?