नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

अर्जुन शाह

धनगढी — प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलवार प्रतिवेदन बुझाएको छ । सभामुख अर्जुनबहादुर थापासमक्ष समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

सुझावको गरिएको नाम र स्थायी राजधानी भने गोप्य राखिएको छ। सभामुख थापाले प्रतिवेदन बुझ्दै चाँडै प्रदेशसभामा छलफल गराउने बताए।

Yamaha

नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा गठित समितिमा चुनकुमारी चौधरी, बलदेव रेग्मी, श्यामलाल राना र प्रेमप्रकाश भट्ट सदस्य थिए। साउन १४ गते गठित उक्त समितिलाई सुरुमा एक साताको म्याद दिइएको भए पनि पछि दुई पटक म्याद थप गरिएको थियो।

प्रकाशित : भाद्र ५, २०७५ १८:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन 

प्रताप विष्ट

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई सहज ढंगले अघि बढाउन तत्काल कानुन निर्माण गर्नुपर्ने भन्दै मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले कानुनका अभावले गर्दा प्रदेश सरकारले गति लिन नसकेको बताए ।

सरकार गठन भएको ६ महिनामा धेरै समस्या र चुनौतीलाई पन्छाउँदै अगाडि बढिरहेको भए पनि कानुनको समस्या टड्कारो देखापरेको बताए । 'प्रदेश सरकारले उद्योग वर्ष घोषणा गरे पनि काम गर्न कानुन अभाव रहेको छ भने अर्कोतिर संघीय सरकारले औद्योगिक क्षेत्रको जिम्मा प्रदेश सरकारलाई नदिएकाले उद्योग वर्षलाई कार्यान्वयनमा ल्याउन समस्या भएको छ' मुख्यमन्त्री पौडेल भने, ‘औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ ।’

उद्योगहरु प्रदेश मातहात आउन नसकेकोले उद्योग वर्षले सार्थकता पाउन नसकेको उनको भनाइ थियो । स्वदेशी तथा विदेशी उद्योगहरु प्रदेशमा स्थापना गर्ने लक्ष्य राखिएको भए पनि स्वीकृति प्रदान गर्न नसक्दा नयाँ उद्योग स्थापना नभएको उनको तर्क थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अहिले वन अतिक्रमण गर्नेको संख्या बढिरहेको बताए । ‘काम गर्न चाहे पनि कानुन नभएकाले समस्या ल्याउने गरेको छ’ उनले भने, ‘हामी कुद्न चाहन्छौं तर चाहेर पनि नहुने रहेछ, कानुनले रोकेको छ ।’

प्रकाशित : भाद्र ५, २०७५ १७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT