नदी किनारमा शव फेला 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ को राधा नदी किनारमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामका ४५ वर्षीय कल्याण पार्की सोमबार नदी किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए ।

Yamaha

४ दिनदेखि बेपत्ता पार्कीको शव दुईरतीन दिन पुरानो हुन सक्ने प्रहरीले जनाएको छ । शव पुरानो भएका कारण पहिचान गर्न समेत समस्या भएको डिएसपी ओझाले बताए ।

प्रकाशित : भाद्र १८, २०७५ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सांसद–मन्त्री प्रश्नाेत्तर : ५ प्रतिशत अनुदानमा शैक्षिक कर्जा कहिले ?

रासस

काठमाडौँ — सांसदहरुले शिक्षामन्त्री गिरीराजमणि पाेखरेललाई सरकारले विपन्न समुदायका विद्यार्थीलाई दिने भनिएकाे शैक्षिक कर्जा सुरु नहुनुकाे कारण साेधेका छन् ।

'आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ?' प्रतिनिधिसभाको साेमबारको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधेर चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ सुरु गरे।

सांसदले मौखिक प्रश्न सम्बन्धित मन्त्रीसमक्ष राख्ने र मन्त्रीले जवाफ दिनेक्रम आजदेखि सुरु भएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउन कार्यविधि तयार भई कार्यान्वयनको क्रममा रहेको जानकारी दिए।'विद्यालय शिक्षा निःशुल्क भएपछि उच्च शिक्षालाई अझ गुणस्तरीय बनाउन सो प्रावधान ल्याइएको हो। यो कार्यान्वयन हुन्छ। यसमा शङ्का नगरे हुन्छ,' मन्त्री पाेखरेलले भने।

उक्त प्रश्नमाथि सांसद प्रेम सुवाल, विरोध खतिवडा, तेजुलाल चौधरी र राजेन्द्रकुमार केसीले पूरक प्रश्न गरेका थिए।

निःशुल्क शिक्षा विधेयक

मन्त्री पोखरेललेसाेमबारकाे बैठकमा ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५’ प्रस्तुत गरेका छन्। सो विधेयकमाथि सांसद खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, चौधरी र अञ्जना विसंखेले संविधानप्रदत्त अधिकार भएकाले शिक्षा र स्वास्थ्यमा राज्यले दायित्व लिनुपर्ने बताए।

विद्यालयलाई बालमैत्री, महिलामैत्री र अपाङ्गता भएका मैत्री बनाउन र शिक्षाको बजेट वृद्धि गर्न माग गर्दै उनीहरुले अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसके जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका थिए।

प्रकाशित : भाद्र १८, २०७५ १२:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT