एक गाउँ, एक बाली

कान्तिपुर संवाददाता

टीकापुर — रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रममा बालीको ‘ब्लक’ बनाएर खेतीमा जोड दिने र कृषि उत्पादनमा सहयोग गर्ने जनाएको छ ।

कुलो उपभोक्ता समितिका पदाधिकारीसितको छलफलमा कृषितर्फको कार्यालयले कम्तीमा २० देखि ३० हेक्टरमा एउटै बालीको खेती गर्न जोड दिएको हो ।


‘सकभर एक गाउँ, एक बाली होस्,’ कृषितर्फको कार्यालयका प्रमुख सुनीलकुमार सिंहले भने, ‘ठूलो क्षेत्रफलमा एउटै बालीको खेतीमा जोड दिएका छौं । यसबाट बजारीकरणमा पनि सजिलो हुन्छ ।’ किसानसितको परामर्श र सहकार्यमा विभिन्न बालीका ठाउँठाउँमा ब्लक बनाएर खेती विस्तार गर्ने जनाइएको छ । तरकारी खेतीको ब्लक कम्तीमा ३० बिघाको हुनेछ।

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १०:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जोखिममा झोलुंगेपुल

कान्तिपुर संवाददाता

दार्चुला — बिटुले र सेरी जोड्न चमेलिया नदीमा निर्माण गरिएको झोलुंगेपुल जोखिममा परेको छ । पुरानो झोलुंगेपुल चमेलिया जलविद्युत् आयोजनाको जलाशयमा डुबेपछि नयाँ बनाइएको थियो । थोरै अग्लो ठाउँमा निर्माण गरिएको नयाँ झोलुंगेपुल नदी कटानले जोखिममा परेको हो ।

गत साउनमा पानीको सतह बढेपछि पुलको पिलरमुनि कटान सुरु भएको थियो । पुलको दायाँ–बायाँ तटबन्ध नगरिँदा कटान नरोकिएको सेरीका स्थानीय रामदत्त पन्तले बताए । ‘पुरानो पुलको नजिकै चमेलिया आयोजनाले निर्माण गरिदिएको नयाँ पुल पनि भत्कने सम्भावना बढेको छ,’ उनले भने ।


आयोजनाले मार्मा गाउँपालिकाको बिटुले–सेरी जोड्ने नयाँ पुल निर्माण गरेपछि स्थानीयलाई आवतजावतमा केही सहज भएको थियो । सेरीका स्थानीयको बजार बिटुले र बिटुलेका स्थानीयको घर खेत सेरी गाउँमा भएकाले पुल भएर सधै आवतजावत हुनथ्यो । चमेलिया जलविद्युत्कै कारण नयाँ पुल भत्कने र नदी आसपासको क्षेत्रमा कटानको सम्भावना बढेको स्थानीयले बताए ।


चमेलियाको डयाममा पानीको सतह बढिरहेको र डयामकै पानीले जमिन कटान बढेको छ । चमेलिया जलविद्युत्ले स्थानीयलाई विद्युत् सेवाको सट्टा जोखिम बढाएको स्थानीयको भनाइ छ । ‘आयोजना बनेपछि बत्ती बाल्न त परै जाओस्, ढुक्कले आवतजावत गर्नसमेत पाएका छैनाैं,’ बिटुलेका अर्का स्थानीय गणेशसिंह धामीले भने, ‘बिजुली बाल्न नपाए पनि सुरक्षित यात्रा गर्न पाए खुसी हुने थियौं ।’ आयोजनाले बिटुलेमाथिको क्षेत्रमा कटान बढाएकाले त्यसमाथिको क्षेत्रमा यात्रा जोखिमपूर्ण रहेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT