कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समितिका सभापति चयन  

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका विभिन्न चारवटा समितिका सभापतिहरु चयन भएका छन् ।निर्वाचित सभापतिहरुले सोमबार सभामुख अर्जुनबहादुर थापाबाट सपथ ग्रहणसमेत गरेका छन् ।

समितिका सभापति चयन  

निर्वाचित भएका समिति सभापतिहरुमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर (गोविन्द), सामाजिक विकास समितिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिमा कुमारी नन्दा बम निर्वाचित भएका थिए ।


निर्वाचित चारै जना सभापतिहरुलाई प्रदेशसभा सचिवालय परिसरमा आयोजित एक कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले सपथ ग्रहण गराएका छन् ।


समिति गठन भएको झण्डै ६ महिनापछि प्रदेशसभा अन्तर्गतका संसदीय समितिहरुले सभापति पाएका हुन् । विभिन्न चारवटा समितिका सभापति निर्विरोध रुपमा चयन भएका छन् । निर्विरोध चयन भएका सभापति मध्ये दुई महिला र दुई जना पुरुष रहेका छन् ।


गठन भएको ६ महिनापछि समितिहरुले सभापति पाएका हुन् । कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य रहेका छन् ।

प्रकाशित : आश्विन २२, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?