कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नि:शुल्क रगत

कान्तिपुर संवाददाता

टीकापुर — टीकापुर नगरपालिकाका बासिन्दाले नि:शुल्क रगत पाउन थालेका छन्  । रगत निकाल्दा लाग्ने प्रोसेसिङ चार्ज नगरपालिकाले व्यहोरिदिने भएपछि बिरामीले रगत नि:शुल्क पाउन थालेका हुन्  ।

नि:शुल्क रगत

नेपाल रेडक्रस सोसाइटी शाखा टीकापुरका सचिव धर्मराज शर्माले टीकापुर नगरपालिकाभित्रका बिरामीलाई आवश्यक रगत जाँचको खर्च रकम नगरपालिकाले व्यहोर्ने रेडक्रससित सम्झौता भएको बताए । उनले भने,’ रगत त पहिले पनि नि:शुल्क नै हो तर एक पिन्ट रगत प्रोसिसिङका लागि करिब ८ सय रुपैयाँ लाग्छ । त्यो रकम नगरपालिकाले दिने भएपछि बिरामीले त्यो रकम तिर्न नपर्ने भएको छ ।

उनका अनुसार अस्पतालमा उपचाररत कतिपय बिरामीले रगत प्रोसेसिङको पनि रकम तिर्न नसक्ने अवस्था हुँदा गाह्रो हुने भएकोले नगरपालिकाको सहयोगमा बिरामीले सहज रगत पाउन सक्नेछन् । रगतको जोहो रेडक्रसले नै गर्नेछ ।

टीकापुर नगरपालिकाबाहेक अन्य ठाउँका बिरामीले भने टीकापुर अस्पतालमा उपचार गराउँदा आवश्यक रगत परीक्षणको शुल्क आफैं व्यहोर्नुपर्ने नेपाल रेडक्रस टीकापुर शाखाले जनाएको छ ।

नगरपालिकाले यसका लागि आर्थिक वर्ष २०७५/०७६ का लागि करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । रेडक्रससँगको सहकार्यमा नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?