कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा पुल ४८ घण्टा बन्द

दार्चुला — भारतमा नगरपालिकाको निर्वाचनका कारण महाकाली नगरपालिका ४ खलंगास्थित नेपाल–भारत सीमा जोड्ने झोलुंगे पुल बन्द हुने भएको छ । शुक्रबार बेलुका ५ बजेदेखि ४८ घण्टाका लागि पुल बन्द गरिने सूचना जिल्ला प्रशासनले जारी गरेको छ । 

भारतको पिथौरागढ जिल्लाको धारचुला नगरपरिषद्को निर्वाचनका कारण नेपाल–भारत जोड्ने महाकाली नदीको झोलुंगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टा बन्द हुने जनाएको छ । जनपद पिथौरागढले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी स्थानीय निकायको निर्वाचन हुने भएकाले नजिकका सीमा पुल बन्द गर्न अनुरोध गरेको प्रशासनले जनाएको छ ।


सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । दार्चुलास्थित भारतसित सीमा जोडिएका दत्तु, जौलजीवी र तिग्रमको पुल भने बन्द नरहने उनको भनाइ छ ।


सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै सीमा नदीस्थित अन्य झोलुंगे पुलहरू बन्द नहुने र खलंगाको पुल मात्र ४८ घण्टाका लागि बन्द गरिनु विडम्बना भएको स्थानीयको प्रतिक्रिया छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?