कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेँसी झरे सौका 

मनोज बडू

दार्चुला — ब्याँस गाँउपालिका १ मा बसोबास रहेको सौका समुदायको 'कुञ्चा' सर्न सुरु भएको छ । गर्मीमा हिमाल र हिउँदमा बेँसी (खलंगा)मा बस्दै आएका सौका समुदायको बसाइँसराइको पहिलो कुञ्चा मंगलबार खलंगा पुगेको हो । 

बेँसी झरे सौका 

न्यानो समयमा हिमाली गाँउ जाने र चिसो लागेपछि बेंसी झर्नुलाई स्थानीय भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । बैशाखको पहिलो साता खलंगाबाट हिमाल उक्लिएका उनीहरु चिसो बढेपछि पशुपन्क्षीसहित बेँसी झरेका हुन ।


दार्चुलामा मात्र बसोबास रहेको आदिवाशी सौका समुदायको बसाइँ मंसिरको पहिलो साताबाट सुरु भएर तेस्रो सातासम्म सकिने ब्याँस गाँउपालिका–१ तिंकरका मोहनसिह तिंकरीले बताए ।


सदरमुकामबाट २८ कोष उत्तरमा पर्ने हिमाली क्षेत्रको ब्याँसका बासिन्दा बालबालिका र गाईवस्तुसहित आइतबारदेखि खलंगा पुग्न थालेका हुन । केही परिवार अझै बाटोमै छन् । ‘तिंकर गाँउबाट खलंगा पुग्न पशुपन्क्षीसहित एक हप्ता लाग्छ,’ तिंकरीले भने ।


ब्याँसबाट खलंगा आउने स्वदेशमा भरपर्दो बाटो नहुँदा भारतीय बाटो प्रयोग बाध्य भएको उनले बताए । बेग्लै मौलिक, ऐतिहासिक र सांस्कृतिक पहिचान रहेको सौका समुदायको बसोबास ब्याँस, राप्ला र सितोलामा मात्रै छ ।

प्रकाशित : मंसिर ४, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?