कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई बालकको शंकास्पद मृत्यु

ठुलो बुवा र ठुली आमा प्रहरी नियन्त्रणमा
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभुलीका २ बालकको शंकास्पद मृत्यु भएको छ ।देखतभुलीको आमाघाटका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेकबहादुर सुनारको शनिबार बिहान मृत्यु भएको हो । उनीहरू दुवै दाजु भाइ हुन् ।

मृतक बालकका मामा चामुराम टमटाका अनुसार धन बहादुर र टेक बहादुर मङ्सिर २८ गते शुक्रवार देखतभुलीबाट बेलौरी नगरपालिका–६ वैशाखास्थित मामाघरमा बिहेका लागि गएका थिए । घरबाट जाँदा जेठी आमा सितादेवीले चाउमिन पोको पारेर मामाको घरमा पुगेपछि खानु भनेर दिएकी थिइन् । उक्त चाउमिन खाएपछि दुवैजना बाटोमै बान्ता गर्न थालेका थिए ।


‘मेरो घरमा पुगेपछि पनि उनीहरूको बान्ता रोकिएन’ मृतक बाललका मामा चामेरामले भने, ‘साँझ स्वास्थय चौकीमा देखाउँदा पोइजन भएको भनेपछि धनगढी पुर्‍यायौँ ।’ उनका अनुसार धनगढीस्थित सेती अञ्चल अस्पतालमा पनि निको नहुने भन्दै कोहलपुर लैजान भनेपनि आर्थिक अभावका कारण लग्न सकिएन ।


शनिवार बिहान पैसा खोजेर लैजाने क्रममा उनीहरूको बाटोमै मृत्यु भएको चामेरामले बताए । उनीहरूकी आमा सुस्त मनस्थितिकी छिन् । बुवाको ६ वर्षअघि नै मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले चाउमिन खान दिने ठूली आमा सीतादेवी र ठुलो बुवा लछिराम सुधारलाई नियन्त्रणमा लिइएको बताए । उनले पोस्टमार्टम रिपोर्टपछि मात्रै थप कुरा खुल्न सक्ने बताए । ‘अहिले पोस्टमार्टम गर्नै दिएका छैनन्’ उनले भने, ‘चाँडो पोस्टमार्टम गर्न सके मृत्युको कारण खुल्न सक्छ ।’

प्रकाशित : पुस १, २०७५ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?