कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेन्सी पसलमा आगलागी, महाकालीबाट पानी बाेकेर निभाइयाे

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४ पुलघाटस्थित एक फेन्सी पसलमा सोमबार राति आगलागी भएको छ । स्थानीय पदम बडालको बडाल कम्प्लेक्समा आगलागी हुँदा पसलभित्र रहेका सामान जलेर नष्ट भएका छन् ।  

फेन्सी पसलमा आगलागी, महाकालीबाट पानी बाेकेर निभाइयाे

अहिलेसम्म आगलागीको कारण र क्षतिको बारे एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।


सदरमुकामको खलंगा बजारमा डेरा गरी बस्ने बडालको पसल र डेरा फरक ठाँउमा भएकाले आगलागीको कारण अझै खुल्न सकेको छैन । पसलमा आगो लागेको समयमै थाहा पाउँदा वरपरका पसल र घरमा क्षति हुनबाट जोगिएको दार्चुलाका प्रहरी डिएसपी नवराज अधिकारीले बताए ।

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा डिउटीमा बस्ने प्रहरीले पसलमा आगो लागेको थाहा पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा डेढ घण्टापछि लागो नियन्त्रण आएको उनले बताए ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियताले पसलको माथिल्लो तलामा राखेको समान जोगिएको छ । स्थानीय र सुरक्षाकर्मीहरुले महाकालीबाट पानी बोकेर आगो निभाएका थिए ।

प्रकाशित : पुस ३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?