कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् बैठक

नेपाल-चीन हवाई वार्ता हुने
कान्तिपुर संवाददाता

काठमाडौ — सरकारले नेपाल-चीनबीचको हवाई सम्झौता पुनरावलोकनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेसहितका अधिकारीलाई चिनियाँ उड्डयन मन्त्रालयका अधिकारीसित वार्ता गर्ने जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले घिमिरेसहितका अधिकारीलाई यो अख्तियारी दिने निर्णय गरेको हो ।
उपाध्याय कामु सचिवमा बढुवा सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय व्यापार महाशाखा प्रमुख सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कायममुकाम सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञ गौतमले ५८ वर्ष उमेर पूरा गरी आइतबारदेखि अवकाश पाएपछि रिक्त भएको पदमा उपाध्यायलाई बढुवा गरेको हो । सरकारले दर्जनौं वरिष्ठ सहसचिवलाई पन्छाउँदै उनलाई कायममुकायम सचिवमा बढुवा गरेको हो ।
सुरक्षा नीति राजनीतिक समितिमा मन्त्रिपरिषद्ले गृह मन्त्रालय प्रस्तावित 'आन्तरिक सुरक्षा नीति २०६९' थप छलफलका लागि राजनीतिक समितिमा पठाएको छ । सरकारले हनुमानढोका दरबार क्षेत्रभित्र रहेको मन्दिर ढुकुटी खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि पुरातत्त्व विभाग, हनुमानढोका दरबार संरक्षण कार्यालयलाई ढुकुटी खोल्ने बाटो खुलेको जानकारी संस्कृति मन्त्रालयका अधिकारीले दिए । सरकारले २९ जिल्ला अस्पताललाई विकास समिति मातहत सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : फाल्गुन ७, २०६९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?